३१ सरकारी निकाय खारेज | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८३, शुक्रबार

३१ सरकारी निकाय खारेज

काठमाडौँ ।

सरकारले विभिन्न ३१ निकाय खारेज गर्ने भएको छ ।शुक्रवार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो जानकारी गराउनुभएको हो । उहाँले ३१ निकाय खारेजी, ६ निकाय मर्जर, ६ निकाय हस्तान्तरण तथा १८ निकायको पुनःसंरचना गरिने बताउनुभयो । उहाँले कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्चस्तरीय कार्यसम्पादन कुशल र जवाफदेही हुनेगरी कर्मचारी र सुरक्षा निकायका  कर्मचारीको सेवासुविधा निरन्तर रुपमा वृद्धि हुने प्रवन्ध मिलाइएको समेत बताउनु भयो । उहाँले साधारण खर्चमा मितव्ययिता कायम गरिने समेत बताउनु भयो ।

Leave a Reply