साउन २१ , काठमाण्डौँ । अमेरिकाले संयुक्त राष्ट्रसंघलाई आफू जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट अलग हुने जानकारी दिएको छ । अमेरिकाले राष्ट्रसंघलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जुनमा गरेको निर्णय कार्यन्वयन गर्न लागिएको जानकारी दिएको हो ।
तर अमेरिकी विदेश मन्त्रालयले बहिर्गमन प्रकिया पूरा नहुन्जेलसम्म अमेरिका जलवायु परिवर्तन सम्बन्धी बैठकहरुमा सहभागी हुने बताएको छ । पेरिस सम्झौताले अमेरिकालाई खर्बौं डलरको नोक्सानी हुने, रोजगारी गुम्ने र देशभित्रका उर्जा तथा उत्पादनसम्बन्धी उद्योगहरुमा क्षति पुग्ने राष्ट्रपति ट्रम्पको धारणा छ । ट्रम्पले यसअघि पेरिस सम्झौता परिमार्जन गर्न राखेको प्रस्ताव विश्व नेताहरुले अस्वीकार गरिसकेका छन् ।




