अमेरिकाद्धारा उत्तर कोरियाविरुद्ध अन्तराष्ट्रिय सर्मथन जुटाउने प्रयास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

साउन २१ , काठमाण्डौँ । अमेरिकाले उत्तर कोरियाविरुद्धको अभियानमा अन्तरराष्ट्रिय समर्थन जुटाउने प्रयास थालेको छ ।


त्यसका लागि अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले दक्षिण–पूर्वी एसियाको भ्रमण सुरु गर्नुभएको छ । आफ्नो भ्रमणका क्रममा उहाँले उत्तर कोरियाविरुद्धको अभियानमा दक्षिण–पूर्वी एसियामा रहेका मुलुकको समर्थन जुटाउन प्रयास गर्ने बताइएको छ । बीबीसीका अनुसार मनिलामा दक्षिण–पूर्वी एसियाली मुलुकहरुको क्षेत्रीय संगठन आसियानको शिखर बैठकको क्रममा टिलर्सनले विभिन्न देशका विदेशमन्त्रीहरुसँग भेटवार्ता गर्नुहुनेछ । ती देशका विदेशमन्त्रीलाई उनीहरुको देशभित्र कोरियाली व्यापार बन्द गर्ने कार्यमा सघाउन टिलर्सनले आग्रह गर्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले क्षेप्यास्त्र तथा पारमाणु कार्यक्रमलाई लिएर प्योङयाङविरुद्धको नाकाबन्दी थप कडा बनाउने विषयमा अमेरिकाले तयार पारेको प्रस्तावमाथि शनिवार राति मतदान गराउने अपेक्षा गरिएको छ । उक्त प्रस्तावलाई रुस र चीनले समर्थन गरेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);