सरकारले राष्ट्रिय सभाको शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ नदिएको भन्दै एमाले सांसदको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८३, बिहीबार

सरकारले राष्ट्रिय सभाको शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ नदिएको भन्दै एमाले सांसदको आपत्ति

काठमाडौँ ।

नेकपा (एमाले)की सांसद सम्झना देवकोटाले सरकारले राष्ट्रिय सभाको शुन्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ नदिएको भन्दै आपत्ति जनाउनुभएको छ । सभाको बुधवारको बैठकमा बोल्दै उहाँले शुन्य र विशेष समयमा सांसदहरूले उठाउने धारणा तथा जिज्ञासाप्रति सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले सरकारले यो सभालाई महत्व नदिएको हो ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले सरकारले जवाफ नदिने भए सभाको शून्य समय र विशेष समयको कुनै महत्च नरहने बताउनु भयो ।बैठकको शून्य र विशेष समयमा उठ्ने प्रश्नको जवाफ सम्बन्धीत मन्त्रीले दिने प्रचलन छ ।

Leave a Reply