दक्षिण चीनमा ५.२ म्याग्निच्युडको भूकम्पः ९१ वर्षीय वृद्धको जीवितै उद्धार | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८३, मंगलबार

दक्षिण चीनमा ५.२ म्याग्निच्युडको भूकम्पः ९१ वर्षीय वृद्धको जीवितै उद्धार

काठमाडौँ ।

दक्षिण चीनको ग्वाङ्क्षी प्रान्तस्थित लिउझोउमा ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पपछि प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मीहरूले ९१ वर्षीय एक वृद्धको सफल उद्धार गरेका छन् । अधिकारीहरूका अनुसार उद्धार गरिएका ती वृद्धको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ । उनलाई आवश्यक उपचार र निगरानीमा राखिएको र अवस्था खतरामुक्त रहेको पुष्टि गरिएको छ ।

Leave a Reply

ताजा समाचार