काठमाडौँ ।
नेकपा (एमोल)का राष्ट्रिय सभाका संसदीय दलका नेता प्रेमप्रसाद दंगालले अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पूँजीगत खर्च प्रणालीलाई चुस्त बनाउनेगरी आउन नसकेको टिप्पणी गर्नुभएको छ ।
राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले देश वृद्धाश्रमको अवस्थामा पुग्न लागेको भएपनि युवाहरुलाई स्वदेशमै रोक्ने तथा विदेशीएकालाई फर्काउने कुनै ठोस आर्थिक प्याकेज नसमेटिएको बताउनु भयो । मूल्यवृद्धि रोकी आम नागरिकलाई राहत दिने ग्यारेन्टी समेत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा नसमेटिएको उहाँको टिप्पणी छ । उहाँले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले नेपालको असंलग्न परराष्ट्र नीति र वैदेशिक अनुदानमा थप चुनौती थपेको बताउनु भयो ।




