रास्वपा केन्द्रिय समितिको बैठक जारी, महाधिवेशन मुख्य कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८३, शुक्रबार

रास्वपा केन्द्रिय समितिको बैठक जारी, महाधिवेशन मुख्य कार्यसूची

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको जारी छ ।
काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रिय कार्यालयमा बैठक बुधवार बिहान १० बजेबाट शुरु भएको हो । पार्टी सभापतिको निर्देशन बमोजिम बोलाइएको उक्त बैठकमा पार्टीको आगामी प्रथम राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुनेछ । महाधिवेशनको मिति, स्थान र सांगठनिक कार्ययोजनाका विषयमा केन्द्रीय सदस्यहरूबीच गहन छलफल भइरहेको बुझिएको छ । बैठकमा महाधिवेशनका अतिरिक्त अन्य समसामयिक तथा विविध विषयहरूलाई पनि कार्यसूचीमा समावेश गरिएको छ । पार्टीको भावी रणनीति र सांगठनिक सुदृढीकरणका दृष्टिले यस बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

Leave a Reply