टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले क्षेत्रीय द्वन्द्व र तनावका बाबजुद टर्कीमा कृषि उत्पादन र खाद्य आपूर्ति सुरक्षामा कुनै समस्या नरहेको बताउनुभएको छ । राजधानी अंकारामा आयोजित ‘विश्व किसान दिवस’ को एक विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति एर्दोगानले छिमेकी राष्ट्र इरान र खाडी मुलुकहरूमा विद्यमान संकटले टर्कीको कृषि क्षेत्रलाई प्रभावित नगर्ने गरी सरकारले उच्च सतर्कता अपनाएको जानकारी दिनुभयो । राष्ट्रपति एर्दोगानले सरकारको प्रभावकारी कृषि योजना र किसान लक्षित सहयोग नीतिहरूका कारण टर्कीले हाल खाद्य सुरक्षाको कुनै पनि चुनौती सामना गर्नु नपर्ने स्पष्ट पार्नुभयो। क्षेत्रीय अस्थिरताका बीच पनि मुलुकको कृषि प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।




