विमानस्थलमा विज्ञापन राख्न मापदण्ड बनाइने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विमानस्थलमा विज्ञापन राख्न मापदण्ड बनाइने

tribhuwanintlairport

काठमाडौं, ५ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा राखिने विज्ञापनको बारेमा मापदण्ड र नीति तयार गर्न विज्ञापन नीति कार्यदल गठन भएको छ। नेपाल नागरिक उडड्यन प्राधिकरणका जगन्नाथ निरौलाको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए ।

कार्यदलले एक महिनाभित्रै नीति तयार गर्ने अनुमान गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले यो निर्णय गरेको हो। कार्यदलमा पर्यटन मन्त्रालय, नेपाल पयर्टन बोर्ड र विमानस्थलका १ जना प्रतिनिधि सदस्य रहेका छन्।

विमानस्थलमा राखिएका विभिन्न व्यापारिक विज्ञापन हटाएर नेपालको पहिचान झल्कने र पर्यटन प्रवद्र्धनमैत्री विज्ञापन राख्नेबारे लामो समयदेखि प्रयास अव भने कार्यान्वययनमा आउने आशा लिएको छ। विमानस्थलमा जथाभावी जस्तोसुकै खालको विज्ञापन राख्नाले विमानस्थलको सौन्दर्यमा नै प्रश्न आउने गरेको थियो।

एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा विविध खालको समस्या रहेको गुनासो रहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक वा यात्रु आर्लिदा साथ नेपाली र नेपालको पहिचान गराउने खालको नेपाली तस्वीर राखिने तयारी गरिएको विमानस्थलका प्रमुख क्षेत्रीले बताए ।क्षेत्रीका अनुसार विदेशी अभ्यास भने विमानस्थलको आम्दानीमा एरोनोटिकल (एयरलाइन्स) क्षेत्रबाट ३० प्रतिशत र ननएरोनोटिकल (अन्य) क्षेत्रबाट ७० प्रतिशत आम्दानी गर्न गरेको छ। नेपालमा भने ठिक उल्टो रहेको क्षेत्रीको दाबी छ।

उनको अनुसार नेपालमा एरोनोटिकल क्षेत्रबाट ९० प्रतिशत र ननएरोनोटिकल क्षेत्रबाट १० प्रतिशत मात्र आम्दानी हुने गरेको छ। एरोनोटिकल क्षेत्र विमानस्थलको ल्यान्डिङ पार्किङ लगायतको आम्दानी हो। ननएरोनोटिकल क्षेत्र विमानस्थलमा सञ्चालन गरिएका संघसंस्था र पसल विज्ञापनल आदिबाट हुने आय हो।

विमानस्थलमा हाल सम्झौता गरी यस अघि राखिएका व्यापारिक विज्ञापनमध्ये सम्झौता पूरा भएका विज्ञापनको नवीकरण नगर्ने र नयाँ विज्ञापन नीति नआएसम्म सो स्थानमा नयाँ होर्डिङ बोर्डको नवीकरण सम्झौता नगर्ने निर्णय भएको क्षेत्रीले बताए ।

नेपाल पर्यटन बोर्डले विमानस्थलमा राख्ने गरी डिजिटल विज्ञापन राख्ने तयारी गर्न विमानस्थलले जनाएको छ। नयाँ कार्यदलले दिएको नीतिअनुसार मात्र विज्ञापन राखिने तयारी थालिएको छ। विज्ञापन नीतिले विमानस्थलको कुन–कुन स्थानमा कस्तो खाले व्यापारिक विज्ञापन राख्ने मापदण्ड तयार गर्नेछ।

यसरी कार्यदलले दिएको नीतिकै आधारमा देशका अन्य विमानस्थलमा राखिँदै जाने योजना रहेको विमानस्थलले जनाएको छ। यसरी राखिने विज्ञापन प्रायः पर्यटन प्रवद्र्धन गर्न प्रेरित गर्ने खालको हुनेछ। पर्यटन बोर्डले भने नेपालको समयक्रम अनुसार चल्ने नेपाली चाड पर्वको बारेमा पनि समेत तस्वीर सार्वजनिक गर्न क्षेत्रीले बताए । यसरी राखिने विज्ञापनले विमानस्थलको सौन्दर्यतामा पनि नयाँ आयाम ल्याउने आँकल गरिएको छ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);