काठमाडौं ।
नेपाली काँग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सरकारले जनताको मन दुखाउने काम गर्ने कडा रुपमा प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ ।सोमवार काँग्रेस संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएलगत्तै उहाँले सञ्चारकर्मीहरुमाझ सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
सरकारले राम्रो काम गरे समर्थन र नराम्रो काम गरेर काँग्रेसले प्रमुख प्रतिपक्ष दलको रुपमा कडा रुपमा प्रतिवाद गर्ने नेता आङदेम्बेको कार्ययोजना थियो । उहाँले लोकतन्त्रमा संसद प्रतिपक्षको हुने उल्लेख गर्दै त्यसमा जिम्मेवार दलको हैसियतमा काँग्रेस प्रस्तुत हुने समेत बताउनु भयो । नेता आङदेम्बेले मुलुकलाई नयाँ ढंगले अघि बढाउने गरी पार्टीले नयाँ अवधारणा ल्याएको दावी गर्दै त्यसलाई अघि बढाउन पनि आफू लागिपर्ने बताउनु भयो ।




