दुई संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

साउन २५ २०८३, मंगलबार

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । 

आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक बस्दैछ । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धमा राष्ट्रिय योजना आयोगबाट प्रश्तुतीकरण हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन सम्बन्धमा, समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

ताजा समाचार