परराष्ट्रमन्त्री–जोर्डनका समकक्षी सफादीबीच टेलिफोन वार्ता, नेपाली नागरिकको सुरक्षा चासो | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

परराष्ट्रमन्त्री–जोर्डनका समकक्षी सफादीबीच टेलिफोन वार्ता, नेपाली नागरिकको सुरक्षा चासो

काठमाडौं । 

परराष्ट्रमन्त्री शिशिर खनाल र जोर्डनका परराष्ट्रमन्त्री आएमान सफादीबीच टेलिफोनवार्ता भएको छ । पश्चिम एशिया द्वन्द्वको मारमा परिरहेका बेला परराष्ट्रमन्त्री खनालले जोडानका समकक्षी सफादीसँग टेलिफोन वार्ता गर्दै त्यहाँ रहेका नेपाली कामदारहरुको जीवन सुरक्षाको विषयमा चासो राख्नुभएको हो ।

परराष्ट्र मन्त्रालयले शुक्रवार नियमित पत्रकार सम्मेलनमा सो वार्ताबारे जानकारी गराउँदै दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने विषयमा उहाँहरुबीचको छलफल केन्द्रित रहेको बताएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले त्यहाँ रहेका नेपालीहरुका सुरक्षाको विषयमा पनि परराष्ट्रमन्त्री खनालले चासो राख्नुभएको बताउनु भयो । यसैगरी परराष्ट्र मन्त्रालयले हालसम्म पश्चिम एशियामा जारी द्वन्द्वमा हालसम्म एक जना नेपालीको ज्यान गएको र २८ जना घाइते भएको जानकारी पनि गराएको छ । प्रवक्ता पौडेलले सोको बारेमा जानकारी लिने कामलाई मन्त्रालयले प्राथमिकताका साथ निरन्तर अघि बढाइरहेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार