ओली प्रधानमन्त्री भएसँग सेयर बजारमा उछाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

ओली प्रधानमन्त्री भएसँग सेयर बजारमा उछाल

stock-nepse-market

काठमाडौं, ३ फागुन । नयाँ सरकार गठनसँगै सेयरबजारमा हरीयाली छाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्ति भएकै दिन सेयरबजारमा उछाल देखियो ।

आज सेयर बजार परिसुचक नेप्से ३६.०१अंकले बढेर १४ सय २४ दशमलव नौ पाँचको अंकमा उक्लिएको हो । सरकार परिवर्तनको खबरले बजार बढेको लगानीकर्ताहरुको भनाइ छ । अघिल्लो पटक पनि ओली प्रधानमन्त्री भएको समयमा नेप्सेले सर्वाधिक उचाई लिएको थियो ।

त्यतिबेला नेप्से परिसूचक १८ सय ८१ अंकसम्म पुगेको थियो । बुधबारदेखि नै सरकार परिवर्तनको संकेतले शेयर बजार सकारात्म देखिएको थियो । बुधबार अन्तिम २० मिनेटमा बजार आठ अंकले बढेर बन्द भएको थियो ।

आज ६६ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा धेरै कुमारी बैंकको तीन करोड ४८ लाख रुपैयाँको कारोबार भयो । कारोबारमा आएका सबै उपसूचक बढेका छन् ।

बैंक ३१ दशमलव तीन नौ, ट्रेडिङ ५ दशमलव नौ नौ, होटल २२ दशमलव नौ छ, विकास बैंक ५५ दशमलव पाँच, जलाविद्युत ४९ दशमलव शुन्य चार, फाइनान्स १७ दशमलव पाँच पाँच, उत्पादनमूलक ५० दशमलव अन्य ७ दशमलव ३६ र लघुवित्त ६२ दशमलव ९१ अंकले बढेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);