अमेरिकाको फ्लोरिडास्थित विद्यालयमा भएको बन्दुक आक्रमणमा १७ जनाको मृत्यु, | ईमाउण्टेन समाचार

Our Network

भदौ ४ २०८३, शुक्रबार

अमेरिकाको फ्लोरिडास्थित विद्यालयमा भएको बन्दुक आक्रमणमा १७ जनाको मृत्यु,

अमेरिकाको फ्लोरिडास्थित एउटा उच्च माध्यमिक विद्यालयमा भएको बन्दुक आक्रमणमा कम्तीमा १७ जना मारिएका छन् । बन्दुक आक्रमणमा १४ जना विद्यार्थी घाइते भएको अधिकारीहरुले बताएका छन् ।

america school

एजेन्सी,३ फागुन । अमेरिकाको फ्लोरिडास्थित एउटा उच्च माध्यमिक विद्यालयमा भएको बन्दुक आक्रमणमा कम्तीमा १७ जना मारिएका छन् । बन्दुक आक्रमणमा १४ जना विद्यार्थी घाइते भएको अधिकारीहरुले बताएका छन् ।

१९ वर्षीय पूर्वद्यिार्थीले आक्रमण गरेको बताइएको छ । किशोरावस्थाको उत्तरार्धमा रहेका संन्दिग्ध आक्रमणकारी निकोलस क्रुजलाई गिरफ्तार गरिएको छ । उनी मायामीभन्दा ७० किलोमिटर उत्तरमा पर्ने पार्कलेण्डमा रहेको मर्जोरी स्टोनमेन डग्लस हाइ स्कूलका पूर्वविद्यार्थी भएको बताइएको छ । उनलाई विद्यालयबाट निष्कासन गरिएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

क्रुजले आगो लागेको खतरा जनाउने घण्टी थिचेर विद्यालयमा अस्तव्यस्तता सिर्जना गराएको र त्यसपछि गोली चलाउन थालेको सुरक्षा निकायलाई उद्यृत गर्दै अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

ताजा समाचार