एमाले-माओवादी एकता उत्कर्षमा | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

एमाले-माओवादी एकता उत्कर्षमा

oli prachanda

काठमाडौं, २ फागुन । फागुन १ गते देखि नै तातेको नेपालको राजनीति बुधवार उत्कर्षमा पुग्यो । दुई वाम पार्टी एक हुने चर्चा गत असोज देखि चलेपनि यसको उत्कर्ष भने फागुन २ गते भयो । दुई वाम पार्टी मिल्ने वातावरण मिलाउन बुधवार दुई अध्यक्ष दिनभर लागे । यसको लागि उनीहरुले ललितपुर मानभवनको एउटा निजि घर प्रयोग गरे ।

कैयौं दिनदेखि शारदाप्रसाद अधिकारीको निजि घर माओवादी र एमाले अध्यक्षले पार्टी कार्यालय सरह नै प्रयोग गरिरहेका छन । अधिकारी माओवादी अध्यक्ष दाहालसंग निकट मानिन्छन । बुधवार त झन कतिसम्म भयो भने मानभवनमा नै दुइ अध्यक्षबीच ‘वान टु वान’ कुरा भयो ।

यहि भेटमा दुइ नेताबीच पार्टी एकता गर्ने र यसलाइ निष्कर्ष दिन पार्टी अध्यक्ष र प्रधानमन्त्री पालैपालो बनाउने सहमति पनि भयो । अपरान्हको यो सहमति पछि अब दुइ वाम पार्टी मिल्छन भन्ने लख धेरैले काटिसकेका थिए ।

दुइ अध्यक्षको वैठकपछि दुवै नेताले आफुहरुले गरेको सहमतिलाइ पार्टीबाट अनुमोदन गर्ने र थप राय पनि लिन वैठक डाके । तर अनौठो के भयो भने घरधनी अधिकारीसंग निकट रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल वैठकको लागि भनेर आफनै खुमलटारस्थित निवासमा पुगे ।

अनि, एमाले अध्यक्षले भने यहि घरमा पार्टीको स्थायी कमिटिको वैठक डाके । एमालेको यहि वैठकले अध्यक्ष केपी ओलीलाइ प्रधानमन्त्री वनाउने प्रस्ताव पारित गर्यो । र, यसबाट ओलीलाइ प्रधानमन्त्री बन्ने बाटो खुला भयो । यस्तै,वैठकले माओवादीसंग पार्टी एकता गर्ने निर्णय गर्यो । यस्तै, सरकार र पार्टीमा आलोपालो गर्ने सहमति समेत गर्यो।

दुइ अध्यक्ष विचको वैठक मात्र भएन वुधवार यसै दिन मानभवनमा पार्टी एकताको लागि गठन गरिएको एकता संयोजन समितिको वैठक पनि चल्यो । अर्थात, वुधवार राजनीतिक तवरमा दुइ वामको वैठकले पुरा दिन राजनीतिक बजार ततायो।

दुइ वाम यसरी वैठक बसेर पार्टी एकताको तयारी गरिरहँदा यता सरकार सञ्चालन गरिरहेको नेपाली कांग्रेस मौन देखियो । कांग्रेसकै नेता तथा वाणिज्यमन्त्री मिन विश्वकर्माले वाम मिले कांग्रेस खुशी हुने प्रतिक्रिया दिए ।

यता सरकारकै उपप्रधानमन्त्री कमल थापाले भने उर्जा मन्त्रालय पुगेर अहिले सम्म मन्त्रालयले गरेको सहयोगको लागि कर्मचारीलाइ धन्यवाद दिए भने कर्मचारीले उनलाइ पशुपतिनाथको मन्दिरको प्रतिमा मायाको चिनोको रुपमा दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);