मन्त्री बन्न हानथाप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मन्त्री बन्न हानथाप

pradesh 4

काठमाडौं,२ फागुन । प्रदेश ४ को मुख्यमन्त्री र सभामुख टुंगो लागेपछि मन्त्री हुन आकांक्षीबीच हानथाप सुरु भएको छ । एमाले र माओवादी केन्द्रले प्रदेशका मन्त्रालय बाँडफाँट तयारी गरिरहँदा मन्त्रीका आकांक्षीले पार्टी तहको उपल्लो निकायमा लबिङ सुरु गरेका छन् ।

प्रदेश ४ मा तत्काल ७ वटा मन्त्रालय बनाउने र तीमध्ये मुख्यमन्त्रिसहित ५ वटा एमाले र २ वटा माओवादी केन्द्रले पाउने स्रोतको दाबी छ । सोमबार मुख्यमन्त्रीमा नियुक्त पृथ्वीसुब्बा गुरुङले शुक्रबार शपथ गरेलगत्तै सानो काआरको मन्त्रिमण्डल गठन गर्ने तयारी छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);