नारायणगढ-मुग्लिन सडक निर्धारित समयमा सम्पन्न गर्न मुख्यमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

नारायणगढ-मुग्लिन सडक निर्धारित समयमा सम्पन्न गर्न मुख्यमन्त्रीको निर्देशन

चितवन, १ फागुन । प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले नारायणगढ–मुग्लिन सडकखण्डको काम निर्धारित समय भित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्डको मंगलबार अनुगमन पछि मुख्यमन्त्री पौडेलले समयमै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । नारायणगढ मुग्लिन सडक खण्ड प्रदेश नम्बर ३ को मुख्य सडकखण्ड रहेको भन्दै उनले तोकेको समयमा काम सम्पन्न नगरे कारवाही गर्ने चेतावनी दिए ।

२०१५ को अप्रिलमा सुरु भएको सो सडक बिस्तारको कामको तिन पटक सम्म म्याद थप गरि सकिएको छ । पछिल्लो म्याद अनुसार २०१८ को फेब्रुअरी २० सम्ममा काम सक्नुपर्ने भएपनि त्यसो हुन नसकेपछि पुन म्याद थपको तयारी भईरहेका बेला मुख्यमन्त्री पौडेलले अबको म्याद थप नै अन्तिम हुनुपर्ने तर्फ सचेत गराएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेलले नितिगत रुपमा सुधार गरेर विकास निर्माणका कामलाई तिव्रता दिने बताए । सडक अनुगमनमा प्रदेश नम्बर ३ का सांसदहरु विजय सुवेदी, दावा दोर्जे लामा, रिना गुरुङ लगाएत पनि सहभागी भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);