सरकारले नारायणगढ–मुग्लिन सडकको छानबिन गर्ने | ईमाउण्टेन समाचार

Our Network

साउन ३१ २०८३, सोमबार

सरकारले नारायणगढ–मुग्लिन सडकको छानबिन गर्ने

naranGhat

चितवन, ८ जेठ । नारायणगढ–मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा सरकारले छानबिन गर्ने भएको छ । पटक पटक समय थप गर्दा पनि सडक निर्माणको काम नसकिएपछि सरकारले छानबिन गर्ने भएको हो ।

चितवनमा संचारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री रामबहादुर थापाले सो सडकखण्डको काम समयमा नसकिनुको कारणबारे छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताएका छन् ।

योे सडक निर्माणको लागि अहिलेसम्म चार पटक म्याद थप गरिएको छ । पछिल्लो समय पनि यहि जेठ १६ गते सकिँदैछ । अहिलेसम्म ८८ दशमलव १४ प्रतिशत मात्र काम सकिएको छ ।

ताजा समाचार