प्रदेश नम्बर २ मा मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अगाडि बढेन | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

प्रदेश नम्बर २ मा मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अगाडि बढेन

ratneswar-lal-2

काठमाडौं, १ फागुन । प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले फागुन ३ गतेभित्र मुख्यमन्त्री नियुक्तिका लागि राजनीतिक दलहरुलाई आह्वान गरेका छन ।

प्रदेश प्रमुख कायस्थले प्रदेशसभामा कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत नरहेकाले दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने राजनीतिक दललाई मुख्यमन्त्री नियुक्तिका लागि आव्हान गरेका हुन । दुई नम्बर प्रदेशमा संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी नेपालले मिलेर सरकार बनाउने तयारी गरेका छन् ।

यी दुई दलबीचको सहमति अनुसार फोरमका लालबाबु राउत मुख्यमन्त्री बन्दै छन । तर फोरम र राजपाले मुख्यमन्त्री नियुक्तिका लागि वहुमत सांसद्को हस्ताक्षरसहितको पत्र आफूलाई नबुझाएपछि प्रदेश प्रमुख कायस्थले आफैं विज्ञप्ति जारी गर्न लगाएर दलहरुलाई आव्हान गरेका हुन ।