हामीभन्दा नयाँ कोही छैन, नयाँ भन्नेहरू दलालका एजेन्ट हुन् : संयाेजक दाहाल | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

हामीभन्दा नयाँ कोही छैन, नयाँ भन्नेहरू दलालका एजेन्ट हुन् : संयाेजक दाहाल

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ शक्तिका नाममा भइरहेको चर्चालाई ‘होहल्ला’को संज्ञा दिनुभएको छ । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने र उत्पीडित वर्गको हक–अधिकार सुनिश्चित गर्ने आफ्नो पार्टी नै मुलुकको सबैभन्दा नयाँ र प्रगतिशील शक्ति भएको दाबी गर्नुभएको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम र थारूलाई पहिचान र अधिकार दिने एकमात्र पार्टी आफ्नो भएको जिकिर गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै दाहालले तथाकथित नयाँ भन्नेहरूकै कारण देश संकटमा परिरहेको टिप्पणी गर्नुभयो । दाहालले विचार र एजेण्डाका आधारमा मात्र को नयाँ र को पुरानो भन्ने छुट्याउनुपर्ने तर्क गर्दै राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति नै वास्तविक नयाँ भएको स्पष्ट पार्नुभयो ।

संयोजक दाहालले परिवर्तनको माध्यममा बसेर परिवर्तनकै वाहकहरुलाई गाली गर्नेहरु नयाँ हुन नसक्ने बताउनु भयो । देश अहिले संकटमा रहेको पनि बताउनु भयो । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै तथाकथित नयाँ भन्नेहरुकै कारण देश संकटमा रहेको टिप्पणी गर्नुभयो ।

Leave a Reply