रूसकाे कामचटमा रहेकाे शिवेलुच ज्वालामुखी एकैदिन दुई पटक विष्फाेट | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

रूसकाे कामचटमा रहेकाे शिवेलुच ज्वालामुखी एकैदिन दुई पटक विष्फाेट

एजेन्सी । रुसको कामचटका प्रायद्वीपमा रहेको शिवेलुच ज्वालामुखी बुधवार दुई पटक विस्फोट भएको छ ।  जसका कारण शक्तिशाली खरानीको मुस्लो निस्किएको रूसी एकेडेमी अफ साइन्सेजको सुदूर पूर्वी शाखाको ज्वालामुखी र भूगर्भ विज्ञान संस्थानले जनाएको छ ।

पहिलो विस्फोट बिहानको समयमा भएको थियो । जसले समुन्द्री सतहबाट करिव ७ किलोमिटर उचाईसम्म खरानीको मुस्लो उडाएको थियो । दोस्रो विस्फोट मध्यान्ह भएको थियो । जसमा खरानीको बादल समुन्द्री सतहबाट ८ किलोमिटर उचाइसम्म पुगेको थियो । खरानीको मुस्लो ११० किलोमिटर पश्चिमतिर फैलिएको छ र प्रायद्वीपको भित्री भागसम्म पुगेको छ । जसले नजिकैका धेरै बस्तीहरूलाई खतरामा पारेको छ । स्थानीय बासिन्दा र पर्यटकहरूलाई सावधानी अपनाउन सल्लाह दिइएको छ ।

ज्वालामुखीको खरानीले श्वासप्रश्वास सम्बन्धी समस्या र एलर्जी जस्ता गम्भीर स्वास्थ्य जोखिमहरू निम्त्याउन सक्छ । अधिकारीहरूले विमानहरूको सुरक्षामा खतरा रहेको संकेत गर्दै ओरेन्ज’ एभिएसन डेन्जर कोड घोषणा गरेका छन् । ज्वालामुखीको खरानीले इन्जिनको ब्लेडहरूमा क्षति पु¥याउन सक्छ र उड्डयन उपकरणहरूको सुरक्षालाई जोखिममा पार्न सक्छ ।

Leave a Reply