रास्वपालक्षित प्रचण्डको टिप्पणीः घण्टी बजाएर केही हुनेवाला छैन | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

रास्वपालक्षित प्रचण्डको टिप्पणीः घण्टी बजाएर केही हुनेवाला छैन

काठमाडाैं ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोसल मिडिया स्टन्टवाज गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको टिप्पणी गर्नुभएको छ ।मंगलवार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका एकता पक्षधरसँगको एकता घोषणा कार्यक्रममा बोल्दै उहाँले सो जिकिर गर्नुभएको हो ।

संयोजक दाहालले सो पार्टीमा विचार र सिद्धान्तको खडेरी भएकलो निर्वाचनको बेलामा सोसल मिडियामआ स्टन्टबाज गर्ने बाहेक अरु केही गर्न नसकेको आरोप समेत लगाउनु भयो । उहाँले मुलुकलाई घण्टी बजाएर मात्रै केही हुन नसक्ने भन्दै सबै बामपन्थी शक्तिहरुलाई एकतावद्ध भएर अघि बढन पनि आह्वान गर्नुभयो । सबै वामपन्थी शक्तिहरु एकतावद्ध भएर अघि बढेमात्रै मुलुक र जनताको हित हुने संयोजक दाहालको भनाई थियो । योजक दाहालले मोहन वैद्य किरणलाई पनि आफ्नो पार्टीमा समाहित भए सम्मानका साथ स्वागत गर्ने बताउनु भयो ।

Leave a Reply