काठमाडाैं । शोक प्रस्ताव पारित गर्दै राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आईतवार सिंहदरबारमा बसेको चालु अधिवेशको पहिलो बैठक शोक प्रस्ताव पारित गरेको सकिएको हो ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनुभयो । साथै राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुभयो । प्रस्तावलाई सभाले सर्वसम्मत पारित गर्दै उहाँको निधनमा एक मिनेट मौनधारण समेत गर्यो ।
शोक प्रश्ताव पारित भएसँगै राष्ट्रिय सभाको अर्को बैठक माघ ९ गतेका लागि बोलाइएको छ ।





