पद्मकन्या कलेजको क्यान्टिनमा महानगरको छापा, कमजोर खाद्य स्वच्छता भेटियो | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

पद्मकन्या कलेजको क्यान्टिनमा महानगरको छापा, कमजोर खाद्य स्वच्छता भेटियो

काठमाडाैं । पद्मकन्या कलेजको क्यान्टिन र छात्रावासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर देखिएको छ । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनका क्रममा ती स्थानमा आधारभुत आचरणमा पनि कमजोर भेटिएको फुड टेक्नोलोजिष्ट अनिल बस्नेतले जानकारी दिनुभयो । यो कलेज महानगरपालिकाको वडा नम्बर २८ बाग बजारमा पर्छ ।

अनुगमनका क्रममा चमेना गृहबाट म्याद गुज्रिएको ७ सय ग्राम चाउमिन नष्ट गरिएको थियो । कलेजकै आवासीय छात्राहरूका लागि सञ्चालनमा रहेको भोजनगृहमा पनि सरसफाई कमजोर थियो । स्टोर कोठामा खाद्य सामग्री अव्यवस्थित रूपमा भण्डारण गरिएको थियो । भान्सामा रहेको धुवाँ निकास गर्ने पङ्खा बिग्रिएको र खाना बनाउने ठाउँमा कालो जमेको फोहर थियो ।

भान्छामा कीरा नियन्त्रण गर्ने कुनै विधि अपनाइएको देखिएन । यो भोजनगृह पी. के. चमेना गृह एण्ड रेस्टुरेण्टले सञ्चालन गरेको छ ।

Leave a Reply

ताजा समाचार