'नेपाल सिइओ अवार्ड'का लागि आवेदन दिने अन्तिम समय फागुन ८ गतेसम्म | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८१, बुधवार

‘नेपाल सिइओ अवार्ड’का लागि आवेदन दिने अन्तिम समय फागुन ८ गतेसम्म

ceo

काठमाडौं, २६ माघ । पद्मा मिडिया ग्रुप अन्तर्गत सञ्चालित विजनेस प्लस टेलिभिजन र सिइओ क्लव नेपालको संयुक्त आयोजनामा फाल्गुन ३० गते होटल सोल्टीमा ‘नेपाल सिइओ समिट एण्ड अवार्ड-२०१८’ हुने भएको छ ।

यस कार्यक्रममा दक्षिण एशिया र विश्वभरकै सरकारी र गैर सरकारी क्षेत्रका ठूला र बहुराष्ट्रिय कम्पनीका नेतृत्वकर्ता, कार्यकारी प्रमुख, सफल व्यवसायि र लगानीकर्ताहरूको सहभागिता रहने बिजनेस प्लस टेलिभिजनका कार्यकारी निर्देशक डम्बर शाहुले जानकारी दिए ।

सिइओ समिट तथा अवार्ड कार्यक्रममा १७ देशका झण्डै ३०० जना सिइओ तथा विजनेश लिडरहरुको सहभागिता रहने शाहुले बताए । शाहुका अनुसार यस सम्मेलनमा भाग लिन चाहने विभिन्न कम्पनिका सिइओ, चेयरपर्सन, डाइरेक्टर, तथा म्यानेजिङ डाइरेक्टरहरुले यहि फागुन ८ गते अर्थात फेब्रुअरी २० तारिख सम्ममा http://nepalceosummit.com/nomination/ मा गई अनलाईन फारम भर्न सक्नुहुनेछ ।

सिइओ अवार्डका लागि आवेदन दिन चाहने व्यक्ति आफैले आवेदन दिन पाउने छन् । यसैगरी अन्य व्यक्तिले पनि सहभागिको आवेदन फारम भरिदिन पाउने व्यवस्था गरिएको शाहुले बताए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);