काठमाडौं। स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार एक सय र चाँदी तोलामा २५ रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ३७ हजार २ सय रूपैयाँ र चाँदी प्रतितोला दुई हजार नाै सय ९० रूपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार नाै सय ७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।





