संसद पुनःस्थापनाको बाटोमा लाग्नु हुँदैन : अध्यक्ष श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

संसद पुनःस्थापनाको बाटोमा लाग्नु हुँदैन : अध्यक्ष श्रेष्ठ

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले संसद पुन:स्थापनाकाे बाटोमा लाग्न नुहने बताउनुभएको छ । निर्वाचन आयोगले बिहीबार दलहरुसँग आयोजना गरेको छलफलमा सहभागी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले संसद पुनर्स्थापनाकाे माग गर्न नहुने बताउनुभएको हो ।

उहाँले जेन-जी आन्दोलनको जनादेशलाई कुल्चिएर फेरि संसद पुनर्स्थापनाकाे बाटोमा लाग्न नहुनेमा जोड दिनुभयो । सरकारले घोषणा गरेको फागुन २१ मा निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्न सबै लाग्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले वर्तमान सरकार संविधानसम्मत नभइ आवश्यकताको सिद्धान्तको आधारमा बनेको पनि बताउनुभयो । वर्तमान सरकार र आगामी फागुन २१ गतेको निर्वाचन प्रमुख दलहरुको सहमतिकै आधारमा बनेकोले विवाद गरेर बस्न आवश्यक नभएको उहाँको भनाइ छ ।

उहाँले राष्ट्रिय सभा सदस्य रिक्त हुन लागेकोले राष्ट्रिय सभाको निवार्चन पनि समयमै गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply