देउवा सार्वजनिक हुने भएपछि काँग्रेस मुख्यालय सानेपामा सुरक्षा व्यवस्था मजबुत | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

देउवा सार्वजनिक हुने भएपछि काँग्रेस मुख्यालय सानेपामा सुरक्षा व्यवस्था मजबुत

 काठमाडौं ।

नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठकमा केहीबेरमा शुरु हुँदैछ ।जेन—जी आन्दोलनकारीहरुले आफ्नै निवासमा सांघातिक आक्रमणबाट घाइते हुनुभएका सभापति शेरबहादुर देउवा पनि सो बैठकमार्फत पहिलो पटक सार्वजनिक हुन लाग्नुभएको छ । सभापति देउवा बैठकमा सहभागी हुनेभएपछि नेपालीको काँग्रेसको मुख्यालयमा कठा सुरक्षा प्रवन्ध गरिएको छ ।

प्रहरीको साथ नेपाली काँग्रेसका युवा संगठन तरुण दल र विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले मुख्यालयमा सुरक्षा दिइरहेका छन् । बैठकमा नेताहरुले सभापति देउवालाई पद छोड्न र समयमा नै नियमित महाधिवेशन गराउन दबाब दिने बताइएको छ । बैठकमा केन्द्रिय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, आमन्त्रित सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरु सहभागी हुनेछन् ।

Leave a Reply