रुकुम, २५ माघ । नेपाल बायुसेवा निगमको जहाज रुकुम पश्चिमको सल्ले बिमानस्थलमा बिग्रिएपछि हवाई सेवा ठप्प भएको छ ।
बुधबार नेपालगञ्जका लागि उडान भर्ने बेला जहाज बिग्रिएपछि हवाई सेवा ठप्प भएको हो । नेपाल बायुसेवा कार्यालय सल्ले रुकुमका निमित्त प्रमुख रमेश पोखरेलले बिमान बनाउनका लागि प्रविधिक टोली बोलाइएको जानकारी दिए ।
रुकुमका लागि काठमाण्डौ र नेपागञ्जबाट हप्तामा २-२ पटक उडान हुने गरेको छ ।