भिजिबिलिटी ५० मिटरभन्दा पनि कम भएपछि सेवा ठप्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

भिजिबिलिटी ५० मिटरभन्दा पनि कम भएपछि सेवा ठप्प

visibility

काठमाडौं, ५ माघ । दुई दिनको झरीपश्चात् बढेको भुइँ कुहिरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा प्रत्यक्ष प्रभावित बनेको छ ।

हवाई भिजिबिलिटी घटेपछि शनिबार बिहानभर उडान प्रभावित बन्यो ।

विमास्थल कार्यालयको ब्रिफिङ शाखाका अनुसार माउन्टेन फ्लाइट र बिहानका अन्य उडानहरु ठप्प भए ।

‘बिहान ५ बजेदेखि ८ बजेसम्मको भिजिबिलिटी ५० मिटरभन्दा पनि कम भएपछि सेवा ठप्प भयो, १० बजेपछि मात्रै विमानस्थल आंशिकरुपमा सुचारु भयो ।’ सो शाखाका एक अधिकारीले भने ।

सबै प्रकारका जहाज उडान र अवतरणका लागि तीन हजार मिटर हाराहारीको हवाई भिजिबिलिटी आवश्यक पर्ने विज्ञहरु बताउँछन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।