सर्लाहीमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८२, बिहीबार

सर्लाहीमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु

काठमाडौ ।
माटो खन्ने क्रममा सर्लाहीको हरिपुर्वा नगरपालिका–१, हर्दी नदी किनारमा ढिस्को खस्दा चार जनाको मृत्यु भएको छ।
महोत्तरी सोनमा गाउँपालिका–६ की ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन्।बुधवार बिहान करिब ९:२0बजे उनीहरु माटो खन्ने क्रममा ढिस्कोमा पुरिएका थिए।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी हरिपुर्वाबाट खटिएको टोलीले घाइतेहरूलाई उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो। तर अस्पतालले पौने ११ बजे चारैजनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीकाले जनाउको छ । प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी हरिपुर्वाबाट करिब अढाई किलोमिटर पूर्व पर्छ। थप अनुसन्धानका लागि सिंहकै नेतृत्वमा ११ जनाको टोली खटाइएको छ।

 

Leave a Reply