फेरि तुइनखोला पुल नजिकै पहिरो खस्यो, मुग्लिन–नारायणगढ सडक दुईतर्फी बन्द | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

फेरि तुइनखोला पुल नजिकै पहिरो खस्यो, मुग्लिन–नारायणगढ सडक दुईतर्फी बन्द

काठमाडौ ।
मुग्लिन–नारायणगढ सडक फेरि बन्द भएको छ । चितवनको तुइनखोला पुल नजिकै निरन्तर पहिरो खसेको र आवतजावत दुईतर्फी नै बन्द भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

निरन्तर ढुङ्गा झरेका कारण उपकरण सञ्चालन गरी पहिरो हटाउन समस्या भएको कार्यालयले जनाएको छ । मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोला नजिक खसेको पहिरो पन्छाएसँगै यसअघि बाटो एकतर्फी खुलेको थियो ।

काठमाण्डौ ओहोरदोहोर गर्ने मुख्य सडकमा लगातारजसो पहिरो खस्ने समस्याले मुख्य चाडपर्वको यो बेला यात्रुले सास्ती पाएका छन् ।

Leave a Reply