समाजिक सञ्जालमाथिको प्रतिबन्धनै जेन-जी आन्दोलनको मुख्य कारण बन्याे : माओवादी नेता पोखरेल | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

समाजिक सञ्जालमाथिको प्रतिबन्धनै जेन-जी आन्दोलनको मुख्य कारण बन्याे : माओवादी नेता पोखरेल

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का नेता लिलामणी पोखरेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको हठ र सामाजिक सञ्जालमाथिको प्रतिवन्ध जेन–जी आन्दोलनको मुख्य कारण भएको टिप्पणी गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

विद्यमान शासन प्रणालीभित्र बढ्दै गएको अनियमितता, भ्रष्टाचार र बेरोजगारीले युवामाझ नैराश्यता बढेकोमा सरकारको नेतृत्वमा रहनेहरु परिवारवादमा लिप्त हुँदा युवाहरु आन्दोलित भएको उहाँको भनाइ छ ।

उहाँले संवैधानिक आयोग तथा राज्यका निकायहरुमा प्रतिष्पर्धा र क्षमताका आधारमा नियुक्ति गर्नुपर्नेमा आफ्ना मान्छे भर्ती गर्ने प्रवृत्तिका कारण जनतामा व्याप्त आक्रोश रहेको बताउनुभयो । साथै जेन—जी पुस्ताको आन्दोलनमा व्यवस्थाविरोधी तथा वैदेशिक शक्तिहरुले घुसपैठ गरेको समेत उहाँले आशंका गर्नुभयो ।

उहाँले मुलुक राजनीतिक शुन्यतामा रहेको उल्लेख गर्दै पार्टी संगठनलाई बलियो बनाएर जनतामा जान पार्टी दृढ रहेको पनि बताउनुभयो ।

 

Leave a Reply