विषेश महाधिवेशनबारे निर्णय गर्न छिट्टै बैठक बस्छ : काँग्रेस नेता रिजाल | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

विषेश महाधिवेशनबारे निर्णय गर्न छिट्टै बैठक बस्छ : काँग्रेस नेता रिजाल

काठमाडाैं । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री रमेश रिजालले कार्यसम्पदान समितिको बैठकले गरेको निर्णयका आधारमा पार्टीलाई अगाडि बढाउने बताउनुभएको छ । पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो।

पार्टीको विषेश महाधिवेशन गर्ने/नगर्नेबारे निर्णय गर्न छिटै पार्टीको कार्यसम्पादन समितिको बैठक बस्ने उहाँको भनाइ छ । उहाँले जेन जी आन्दोलनको क्रममा नेपाली काँग्रेसजस्तो अग्रगामी र लोकतान्त्रिक पार्टीका संरचनामाथि भएको आक्रमण निन्दनीय भएको भन्दै खेद व्यक्त गर्नुभयो । उहाँले जेनजी पुस्ताको सहभागिता र उनीहरुको मागलाई सम्बोधन गर्नेगरी पार्टी अगाडि बढ्ने कुरामा आफूहरु गम्भीर रहेको पनि बताउनुभयो ।

गत भदौ २३ र २४ मा भएको जेन—जी पुस्ताको आन्दोलनको क्रममा नेपाली काँग्रेसको केन्द्रीय तथा अधिकांश जिल्ला र प्रदेश कार्यालयहरुमा समेत व्यापक क्षति भएको छ । यससँगै पार्टीभित्र नेतृत्व हस्तान्तरण बहस चुलिएको छ ।

Leave a Reply