सर्वाेच्च अदालतकाे सेवा अनिश्चित कालका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

सर्वाेच्च अदालतकाे सेवा अनिश्चित कालका लागि स्थगित

काठमाडौं । सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चित बनेको छ । जेनजीको प्रदर्शनका क्रममा मङ्गलबारसमेत उपत्यकाका सबै अदालतको सुनुवाइ रोकिएको थियो । सर्वोच्च अदालत, नेपाल बार एसोसिएसनलगायतमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि सर्वोच्चको सुनुवाइ अनिश्चित बनेको हो ।

सर्वोच्चमा अहिले इजलास सञ्चालन भइरहेको र मिसिल रहेको मूल भवनमा आगजनी भएको छ । आगजनीले इजलास र मिसिलमा कति क्षति पुग्यो भन्ने यकिन भएको छैन । मिसिलमा क्षति पुगेमा सुनुवाइमा थप विलम्ब हुने छ ।

सर्वाेच्च अदालतका मुख्य रजिस्टारले जारी गरेकाे हस्तलिखित विज्ञप्तिमा आगलागीका कारण अदालतका सम्पूर्ण मिसिललगायतका सामग्री जलेर नष्ट भएका कारण अर्काे सूचना नभएसम्मका लागि स्थगित गरिएकाे जनाइएकाे छ ।

May be an image of text

Leave a Reply