बन्दीका रिटमा सुनुवाइ सुरु, चार विवादमा भयो आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बन्दीका रिटमा सुनुवाइ सुरु, चार विवादमा भयो आदेश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वन्दीप्रत्यक्षीकरणका मुद्दा सुनुवाइ गर्न गठन गरेका नौवटा इजलासमा सुनुवाइ सुरु भएको छ । तिहार बिदाअघि अन्तिम दिन भएको र सुनुवाइ नगर्दा बन्दीहरू मर्कामा पर्ने भन्दै असन्तुष्ट न्यायाधीशहरू इजलासमा बसेका हुन् । नौमध्ये चार इजलासले रिटमा सुनुवाइ गरेर आदेशसमेत जारी गरेका छन् भने अन्य इजलासमा सुनुवाइ जारी रहेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले न्युज कारखानालाई जानकारी दिए । 

जबराको राजीनामा माग्दै आन्दोलनरत सर्वोच्च अदालतका १९ जना न्यायाधीशले मुद्दा सुनुवाइमा सहभागी नहुने बताए पनि जबराले इजलास तोकेका थिए ।  सातवटा संयुक्त र तीनवटा एकल इजलासमा बन्दीका मात्र रिट निवेदन तोकिएका छन् । जबराले इजलास गठन गरे पनि  न्यायायाधीशहरूले इजलास नजाने बताएका थिए । सोमबार बन्दीका मुद्दामा सुनुवाइ गरेका न्यायाधीश मंगलबार भने इजलासमा गएनन् । बुधबार भने तिहार बिदाअघिको अन्तिम दिन भएको, प्रधानन्यायाधीशसँगको वार्ता सकारात्मक बन्दै गएकोलगायतका कारण देखाएर सुनुवाइमा सहभागी भएका हुन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);