अफगानिस्तान भूकम्प : एक हजारकाे मृत्यु, तीन हजार घाइते | ईमाउण्टेन समाचार

Our Network

साउन २१ २०८३, शुक्रबार

अफगानिस्तान भूकम्प : एक हजारकाे मृत्यु, तीन हजार घाइते

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजार एक सय २४ पुगेको छ । अन्य तीन हजार दुई सय ५१ जना घाइते भएका छन् ।

अफगान रेड क्रिसेन्ट सोसाइटीका सूचना तथा प्रकाशन प्रमुख जुमा खान नायलले बताएअनुसार भूकम्पका कारण मुख्यतया कुनार प्रान्तमा ८ हजार भन्दा बढी आवासीय घरहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका छन् ।

राहत र उद्धार टोलीहरूले भग्नावशेषमा फसेका मानिसहरूलाई बाहिर निकाल्ने काम गरिरहेका छन् ।

अगस्ट ३१ मा स्थानीय समयअनुसार राति ११ : ४७ बजे अफगानिस्तानको पूर्वी भागमा भूकम्प गएको थियो । जसको केन्द्रबिन्दु नान्गरहार प्रान्तको राजधानी जलालाबादबाट २७ किलोमिटर उत्तरपूर्वमा आठ किलोमिटर गहिराइमा रहेको थियो ।

Leave a Reply

ताजा समाचार