लागूऔषध कारोबारी अदालतबाटै फरार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

लागूऔषध कारोबारी अदालतबाटै फरार

pakrau

हेटौंडा,२४ माघ । थुनामा राख्न म्याद थपका लागि लगिएका लागूऔषध कारोबारी अदालत परिसरबाटै फरार भएका छन् । जिल्ला अदालतमा म्याद थपपछि जिल्ला प्रहरी कार्यालय लैजाने तयारी गर्दै गर्दा सर्लाहीका दीपेन्द्र शाह हत्कडी फुत्काएर भागेका हुन् ।

सँगै पक्राउ परेका धमेन्द्र पासवान र उनलाई एउटै हत्कडी लगाइएको थियो । म्याद थपपछि दुवै जना शौचालय गएका थिए । प्रहरीको गाडी पछाडि हटाउने क्रममा साह नाडीबाट हत्कडी फुत्काएर भागेको प्रहरी नायब उपरीक्षक दिलीपराज झाले बताए । ‘साहको नाडीको ज्याकेटमाथि हत्कडी लगाएकाले फुत्काएर भाग्न सफल भएको हो,’ उनले भने । साह र पासवानलाई प्रहरीले सोमबार १५ केजी ४ सय ग्राम गाँजासहित पक्राउ गरेको थियो । हेटौंडाबाट वीरगन्जतर्फ गइरहेको बसलाई रातोमाटे चेकपोस्टका प्रहरीले रोकेर जाँच गर्दा उनीहरूले बोकेको झोलामा गाँजा फेला परेको थियो । फरार साहलाई खोजी गर्न दुई दर्जनभन्दा बढी प्रहरी परिचालन गरिएको छ । हेटौंडाका विभिन्न नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । कान्तिपुर दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);