हिरासतमै रहँदा हतकडी फुत्काएर बार नाघेर भागेका थुनुवा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८३, सोमबार

हिरासतमै रहँदा हतकडी फुत्काएर बार नाघेर भागेका थुनुवा पक्राउ

स्याङ्जां । स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङबाट भागेका थुनुवा दुई दिनपछि पक्राउ परेका छन् ।

नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा वालिङ नगरपालिका ७ का २३ वर्षीय रमेश क्षेत्री पुस १० गते पक्राउ परेका थिए । पुस १८ गते दोस्रो पटक म्याद थपका लागि अदालत लगेर हिरासतमा राख्ने क्रममा उनी हतकडी फुत्काएर भागेका थिए ।

प्रहरी कार्यालयको बार नाघेर भागेका उनलाई लखेट्ने क्रममा प्रहरी हवल्दार हिरा सुनार घाइते भएका थिए ।

Leave a Reply