हत्कडीसहित भागेका थुनुवालाई सहयोग गर्ने ३ जनामाथि मुद्दा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

काठमाडौं,१५ माघ । हत्कडीसहित भागेका थुनुवालाई सहयोग गर्ने ३ जनाविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला अदालत काठमाडौं परिसरबाट भागेका थुनुवालाई सघाएको आरोपमा ३ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको हो ।

ठगी मुद्दाका कमल खड्कालाई भाग्न र लूक्न सहयोग गरेको आरोपमा प्रहरीले मोहन तामाङ,रोनिष तामाङ र पारस तामाङलाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडी बढाइरहेको छ ।

सघाएको आरोप लागेका ३ जनाले खड्काको हातको हत्कडी खोल्न र लुकाउन सहयोग गरेको बुझिएको छ । ठगी मुद्दामा ८ नम्बरको इजलासको अगाडी कुर्सीमा बसेर प्रहरी मुद्दाको कागज लिन गएका बेला खड्का फरार भएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);