काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस–एमाले गठबन्धनको सरकार २०८४ सालको निर्वाचनसम्मै जाने दोहोर्याउनुभएको छ । प्रतिनिधि सभाकाे बुधबारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले वर्तमान गठबन्धनकाे सरकार निरन्तर अगाडि जाने दाबी गर्नुभएको हो ।
उहाँले प्रतिपक्षी दलहरुले अस्थिरताको पक्षपोषण गर्ने गरेको आरोप समेत लगाउनुभयो । देश र राजनीतिक स्थिरताका लागि नभइ व्यक्तिगत लाभका लागि प्रतिपक्षी दलहरुले अस्थिरताको पक्षपोषण गर्ने गरेको उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले वर्तमान व्यवस्थाको रक्षा गर्नका लागि लोकतान्त्रिक पार्टीहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो ।





