एन्फा अन्डर सिक्सटिन लिगको आधा सिजन सकिदा नेपाल पुलिस क्लब ३४ अंकसहित शीर्षस्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८३, बिहीबार

एन्फा अन्डर सिक्सटिन लिगको आधा सिजन सकिदा नेपाल पुलिस क्लब ३४ अंकसहित शीर्षस्थानमा

काठमाडौँ ।
एन्फा अन्डर सिक्सटिन लिगको आधा सिजन सकिदा नेपाल पुलिस क्लब ३४ अंकसहित अंक तालिकाको शीर्षस्थानमा
रहेको छ । एन्फा मुख्यालयमा चर्च बोइज युनाइटेडले एनआरटीसँग एक एकको बराबरी खेलेसँगै १३ औं चरणका खेल सकिएका हुन् ।

एन्फामा सोमबार भएको पहिलो खेलमा फ्रेन्ड्स क्लब कुपन्डोलले मच्छिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको छ। उपाधिकोसमेत दावेदार रहेका यी दुई क्लबले रक्षात्मक प्रदर्शन गरेपछि खेल गोलरहीत बनेको हो । बराबरीसँगै मच्छिन्द्र २७ अंक तथा फ्रेन्ड्स २६ अंकका साथ दोस्रो स्थानको मनाङलाई पछ्याइरहेका छन् ।

दोस्रो खेलमा चर्च बोइज युनाइटेडले न्यूरोड टिम एनआरटीसँग एक एक गोलको बराबरी खेलेको छ । चर्च बोइजले एक–शून्यको अग्रता जोगाउन नसकेपछि खेलमा एनआरटीले पुनरागमन गरेको हो । खेलको १६ मिनेटमा अनमोल सुवेदीले आत्मघाति गोल गरेपछि चर्च बोइजले उपहार पाएको हो । तर निराजन दुलालले २७ मिनेटमा बराबरी गोल फर्काए ।

डबल राउन्ड रोबिन शैलीमा भइरहेको लिगमा ३४ अंकसहित शीर्षस्थानमा रहेको पुलिसले ४३ गोल गरेको छ भने ८ गोल मात्रै खाएको छ । पुलिसका लागि समिर कुमारले २० गोल गरेका छन् । लिगमा २८ अंक जोडेको मनाङ मस्र्याङ्दी दोस्रो स्थानमा छ । मच्छिन्द्र २७ अंक तथा फ्रेन्ड्स २६ अंकका साथ दोस्रो स्थानको प्रतिस्पर्धामा छन् । संकटा क्लबको पनि २६ अंक नै छ । अब दोस्रो लेगका खेल नौ दिनको विश्रामपछि सुरु हुनेछन्।

Leave a Reply

ताजा समाचार