आज साउन १५, खीर खाएर 'खीर दिवस' मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

आज साउन १५, खीर खाएर ‘खीर दिवस’ मनाइँदै

khir

काठमाडाैं । आज साउन १५ गते काठमाडौं उपत्यकासहित देशभर खीर खाएर खीर दिवस देशभर मनाइदै छ । हरेक वर्ष साउन १५ गते खीर दिवस मनाउने परम्परा अनुसार काठमाडौँसहित देशभर नै मनाइदै छ ।

वर्षा ऋतुका बेला असार १५ गते दहीचिउरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने विश्वास छ । संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण खानेकुराका रुपमा वैदिकशास्त्रमा वर्णन गरिएको छ ।

साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ हरियाली बढी हुने भएकाल राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको विश्वास छ ।

चामल, साबुदाना, सेवई, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले २०७७ साल फागुन १५ गतेको बैठकबाट साउन १५ लाई खीर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको हो । साउन १५ का दिन मात्रै एक अर्ब ४० करोड बराबरको करिब ८० लाख लिटर दूध खपत हुने आँकलन गरिएको छ ।

Leave a Reply