काठमाडौँ ।
बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्याम बहादुर खड्काले राजीनामा दिएका छन्। मन्त्री खड्काले मंगलबार मुख्यमन्त्री बहादुर सिंह लामा समक्ष राजीनामा बुझाएका हुन ।
खड्काले राजीनामा दिएसँगै लामाविरूद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । लामाविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदको संख्या २२ पुगेको छ ।अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेका खड्काले मन्त्री पदबाट राजीनामा दिएर आफूले सांसद इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने निर्णय गरेको बताए।
यो सँगै बागमतीमा राजीनामा दिने कांग्रेसका मन्त्रीको सङ्ख्या ५ पुगेको छ । यसअघि शुक्रबार प्रदेशका सहकारी मन्त्री मदुकुमार श्रेष्ठ, पर्यटन मन्त्री विमल ठकुरी, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले राजीनामा दिएका थिए। ५ जना मन्त्रीले इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने बताएका छन्। बागमती प्रदेशमा काङ्ग्रेसको ३७ सिट छ। लामालाई हटाएर बानियाँ संसदीय दलको नेता बन्ने योजनामा छन् ।




