वाम एकता : गलाउने रणनीतिमा दुवै दल - कहाँ पुगेर अड्कियो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

वाम एकता : गलाउने रणनीतिमा दुवै दल – कहाँ पुगेर अड्कियो ?

bam akata

काठमाडौं,२३ माघ । एमाले माओवादी एकता एकीकृत पार्टीको मूल नेतृत्वमा पुगेर अड्किएको छ। एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एक अर्कोलाई गलाउने ‘रणनीति’ मै केन्द्रित हुन थालेपछि एकता प्रक्रियामा विलम्ब हुन थालेको हो ।

नेतृत्वका सन्दर्भमा सहमति खोजी गर्न दुई अध्यक्षबीच पटक पटक छलफल भए पनि निष्कर्ष निस्कन नसक्दा एकता हुने नहुने संशय देखा पर्न थालेको छ ।एकीकृत पार्टीको नेतृत्व माओवादीलाई नदिने एमालेको अडान र अध्यक्ष पद नलिई एकतामै नजाने माओवादीको ढिपीका कारण एकता प्रक्रिया अड्किएको हो ।

नेतृत्वको विवाद मिलाउन दुई अध्यक्षबीच विभिन्न विकल्पमा छलफल भने चलिरहेको वाम नेताले बताएका छन्। एकीकृत पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक एमाले र एक माओवादीले लिने गरी भागबन्डा गर्नुपर्ने माओवादीको अडानमा एमाले सहमत छैन। नेतृत्वको छलफलका सन्दर्भमा सुरुमा माओवादी अध्यक्ष दाहाललाई एकीकृत पार्टीको सहअध्यक्षसम्म दिएर पार्टी अध्यक्ष र प्रधानमन्त्री एमालेले आफै राख्न चाहेको थियो। तर, पछिल्ला छलफलमा एमाले लचिलो बनेर दुई अध्यक्ष प्रणालीसम्मको छलफलमा आएको स्रोतले बताएको छ। एमालेको यो प्रस्तावमा पनि माओवादी मानेको छैन।

एकीकृत पार्टी अध्यक्ष र प्रधानमन्त्रीमै दुई अध्यक्षको व्यवस्थापन मात्रै अहिलेको सन्दर्भमा सम्मानजनक पार्टी एकताको एउटा मात्रै विकल्प भएको मत राखिरहेको माओवादी केन्द्रका सचिवालय सदस्य नारायण दाहालले बताए।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);