अर्थतन्त्र लयमा फर्किन थालेको उद्योगमन्त्री भण्डारीको दाबी | ईमाउण्टेन समाचार

Our Network

साउन २ २०८३, आइतबार

अर्थतन्त्र लयमा फर्किन थालेको उद्योगमन्त्री भण्डारीको दाबी

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको अर्थतन्त्र लयमा फर्किन थालेको दाबी गर्नुभएको छ ।  काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले उहाँले जाँदै गरेको आर्थिक वर्षमा आर्थिक सूचकाङ्कहरूले अर्थतन्त्रमा सुधार भएको देखाएको बताउनुभयो ।

मन्त्री भण्डारीले राज्यले निजी क्षेत्रका लागि व्यवसायमैत्री वातावरण निर्माण गरिरहेको उल्लेख गर्दै निजी क्षेत्रबाट अपेक्षा गरिएको योगदानप्रति सरकार जानकार रहेको पनि बताउनुभयो । उहाँले उत्पादन र उत्पादकत्वमा वृद्धि गरी निर्यात बढाउने कुरामा सरकार लागि परेको पनि बताउनुभयो ।

विदेशी वस्तुको आयातमा नियन्त्रण गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको मन्त्री भण्डारीको जिकिर छ ।

Leave a Reply

ताजा समाचार