नीतिगत सुधारको प्रभाव पुँजीबजारमा देखिन थालेको उद्योगमन्त्री भण्डारीको दाबी | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८३, बिहीबार

नीतिगत सुधारको प्रभाव पुँजीबजारमा देखिन थालेको उद्योगमन्त्री भण्डारीको दाबी

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारको नीतिगत सुधारको प्रभाव पुँजीबजारमा पर्न थालेको दाबी गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले  यस्तो दाबी गर्नुभएको हो ।

मन्त्री भण्डारीले निजी क्षेत्रलाई सहज हुनेगरी सरकारले निर्माण तथा परिवर्तन गरेका कानूनहरुको प्रभावका कारण पूँजीबजारको रङ्ग हरियो भएको जिकिर गर्नुभयो । उहाँले वस्तु निर्यातमा देखिएको सफलताको श्रेय निजी क्षेत्रलाई दिँदै वस्तु आयातमा नियन्त्रण हुँदै गएको पनि बताउनुभयो ।

उहाँले निजी क्षेत्रको मागअनुरुप नै लगानीमैत्री वातावरणको मागका आधारमा कालोबजारी ऐन खारेज गरेको उल्लेख गर्दै निजी क्षेत्रले मनग्य मुनाफा कमाउने बाटो खुला भएको पनि बताउनुभयो ।

उहाँले सरकार निजी क्षेत्रको लगानी संरक्षणका लागि प्रतिवद्ध रहेको पनि बताउनुभयो । मन्त्री भण्डारीले वस्तुको गुणस्तरीयता कायम गर्न तथा कालोबजारी रोक्न एमआरपी अनिवार्य गरिएको पनि बताउनुभयो ।

Leave a Reply