एमालेभित्र मुख्यमन्त्रीका आकांक्षीहरुको दौडधुप बढ्यो | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

एमालेभित्र मुख्यमन्त्रीका आकांक्षीहरुको दौडधुप बढ्यो

UML

काठमाडौं, २२ माघ । नेकपा एमालेभित्र मुख्यमन्त्रीका आकांक्षीहरुको दौडधुप बढेको छ ।

नेकपा एमालेको भागमा परेका चार मध्ये प्रदेश नम्वर पाँचमा बाहेक अन्य प्रदेशमा मुख्यमन्त्री बन्नका लागि आकांक्षीहरुले दौडधुप बढाएका हुन् । प्रदेश नम्वर पाँचमा एमाले नेता शंकर पोखरेल मुख्यमन्त्री बन्ने पक्का भैसकेको छ । एमालेको भागमा परेको प्रदेश एक, तीन र चारमा भने मुख्यमन्त्रीका आकांक्षी धेरै हुँदा संसदीय दलको नेता चयनमा सकस परेको हो ।

एमालेमा मुख्यमन्त्री बन्नकै लागि गुट परिवर्तनसम्मको अभ्यास चलिरहेको छ । संबिधानको धारा १२८ ले प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र उपसभामुखको चयन गरिसक्नुपर्ने व्यस्था गरेको छ । संबिधानको धारा १६८ को उपधारा ३ ले प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र मुख्यमन्त्रीको चयन गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);