एमालेमा मुख्य मन्त्री बन्नको लागि चर्को बहस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

एमालेमा मुख्य मन्त्री बन्नको लागि चर्को बहस

सरोजविक्रम थापा
काठमाडौं, २१ माघ । देशमा पहिलो पटक कार्यनयनमा आउन लागेको प्रदेशसभाको पहिलो बैठक ५ वटा प्रदेशमा बसीसकेको छ भने १ र ४ नम्बर प्रदेशमा बस्ने तयारीमा छ । तर, निर्वाचनबाट पहिलो पार्टी बनेको नेकपा एमालेमा भने प्रदेश प्रमुख बन्नकै लागि गुट परिवर्तनसम्मको अभ्यास चलिरहेको छ ।

संविधान अनुसार प्रदेश संचना धमाधम बनिरहेका छन् । गत मंसिर १० र २१ गते भएको प्रदेशसभा निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरुको पहिलो बैठक धेरै प्रदेशमा सकिएको छ केहीमा बाँकी छ । तर संविधान अनुसार प्रदेशमा पहिले बन्नुपर्ने सभामुख–उपसभामुख भन्दा बढी प्रदेशको मुख्य मन्त्री चयनले राजनीति खिचिएको छ । निर्वाचनबाट सबैभन्दा ठुलो पार्टी बनेको नेकपा एमालेमा त यसले चर्को बहस श्रीजना गरेको छ ।

संबिधानको धारा १२८ ले प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र उपसभामुखको चयन गरिसक्नुपर्ने व्यस्था गरेको छ । संबिधानको धारा १६८ को उपधारा ३ ले प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र मुख्यमन्त्रीको चयन गरिसक्नुपर्ने व्यवस्था गरेको छ । संविधान अनुसार प्राथमिकतामा सभामुख र उपसभामुख चयन गरी मुख्यमन्त्रीमा बहस हुनपर्ने हो । तर, नेकपा एमालेमा मुख्यमन्त्रीका आकांक्षीको व्यवस्थापन नेतृत्वकै लागि चुनौति बनिरहेको छ । गठबन्धन बनाएर बहुमत ल्याएका एमाले र माओवादीबीच एमालेले ४ र माओवादीले दुई प्रदेशमा मुख्यमन्त्री लिनेगरी भागवण्डा मिलेको छ ।

त्यस अनुसार प्रदेश नम्बर १, ३, ४ र ५ एमालेको भागमा छन् । एमालेको भागमा परेका मध्य पाँच नम्मर प्रदेशमा संसदीय दलको नेतासमेत चयन भइसकेकाले शंकर पोखरेल पक्का भएका छन् । बाँकी तीन प्रदेशमा भने गुटका आधारमा नेताहरुबीच तिब्र प्रतिस्पर्धा हुँदा त्यसको व्यवस्थापन केन्द्रकै लागि चुनौति बनेको छ । प्रदेशनम्बर–३मा त एमाले विवाद फरक स्वरुपमा देखिएको छ । सयअघी नेपाल–खनाल गुटकी अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्ने तयारीसहित प्रदेशमा चुनाव लडेपनि अहिले त्यही गुटका राजेन्द्र्र पाण्डेले उनलाई अवरोध गरिरहेका छन् । पाण्डेले गुट परिर्वतन गरेर ओलीगुटमा प्रवेश गर्दै संसदीय दलको चुनाव माग गरिरहेका छन् ।

प्रदेश नम्मर–१ मा अयक्ष केपी ओली गुटका शेरधन राईले आफुलाई मूख्य मन्त्रीको दाबेदार ठानिरहेको बेला नेपाल–खनाल गुटका भिम आर्चाय संसदीय दलको निर्वाचन माग गर्दै आफुलाई मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरिरहेका छन् । प्रदेश नम्बर–४ मा ओली गुटका पृथ्वी शुब्बागुरुङ प्रदेश प्रमुखमा अघि बढिरहेका वेला नेपाल–खनाल गुटका कीरण गुरुङ संसदीय दलको चुनाव माग्दै आफूलाई मुख्यमन्त्रीको उम्मेदवार प्रस्तुत गरिरहेका छन् । मुख्यमन्त्रीका लागि दावी गर्ने कुनै पनि नेता अयोग्य छैनन् । तर, गुटगत राजनीतिले उनीहरुलाई विभाजीत गरिरहेको छ । देशको सबैभन्दा ठुलो पार्टीमा देखिएको गुटगत राजनीति नेपाली राजनीतिको प्रतिछाया हो, जुन विडम्बनापूर्ण छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);