'कुलिङ पिरियड'बारे सभामुखले नैतिक जिम्मेवारी लिनुपर्छ : माओवादी केन्द्र | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

‘कुलिङ पिरियड’बारे सभामुखले नैतिक जिम्मेवारी लिनुपर्छ : माओवादी केन्द्र

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले कुलिङ पिरियडमा भएको जालझेलको जिम्मा सभामुखले लिनुपर्ने बताएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्दै पार्टीले नैतिकताको हिसाबले संसदको नेतृत्व (सभामुख देवराज घिमिरे) ले यसको जिम्मेवारी लिनुपर्ने बताएको हो ।

पत्रकार सम्मेलनका क्रममा पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले कुलिङ पिरियड समितिमा भएको सहमति अनुसार सदनमा जान नसेकेको बताउनुभयो । यस घटनाले सिंगो सदन, संसदीय समिति र सांसदहरुको इमान, निष्ठा र योग्यतामाथि प्रश्न उठेको बताउनुभयो । यो गम्भीर राजनीतिक, संवैधानिक, कानूनी र नैतिक प्रश्न भएको बताउनुभयो ।

उहाँले यसले सार्वभौम संसदको आत्मामाथि प्रहार गरेको र संसदमाथिको धोका, मानमर्दन भएको बताउनुभयो । सुशासनका लागि कोशेढुंगा सावित हुने जनताको अपेक्षा विपरित गम्भीर विश्वासघात हुनुका साथै यस प्रकारको जालसाझीले संसदीय मूल्य मान्यतालाई ठाडो चुनौती समेत दिएकाे माओवादीको ठहर छ । यो एकाध व्यक्तिहरुको मात्रै दुःशासह नभइ सुनियोजित तरिकाले गरिएको धृष्टता भएको उहाँकाे भनाइ छ।

प्रवक्ता सापकोटाले यस प्रकारको गम्भीर अपराधको यथासक्य छिटो छानविन गरी सत्यतथ्य छानविन गरी दोषीउपर कारबाही गर्न माग गर्नुभयो ।

Leave a Reply